FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

राजनीति

बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र

बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढी पहिराेले क्षतिग्रस्त बिपी राजमार्गको मर्मतलाई तीव्रता दिइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतलाई तीव्र पारिएको जनाएको छ । आउँदो बर्खायाममा यातायात अवरोध नभई नियमित सञ्चालन हुनसक्ने गरी रोशी क्षेत्रमा मर्मत भइरहेको कार्यालयले जनाएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मत गरिरहेको कार्यालयका प्रमुख स...

अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक
काठमाडौं । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । ‘हामी उनको नेतृत्वमा अगाडि बढ्ने रोमाञ्चक यात्राको लागि तत्पर छौं। स्वागत छ म्याट,’ एन्फाले भनेको छ ।

फणिन्द्र नेपाल पक्राउ

फणिन्द्र नेपाल पक्राउ
काठमाडौँ, २२ पौष । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले प्रहरीले नियन्त्रणमा हो । नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु

मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु
मेक्सिको सिटी, २२ पौष । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ । ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए । यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् । नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हाना...

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय
काठमाडौँ, १८ पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको शिक्षा मन्त्री विद्या भट्टराईले जनाएको छ । उनले भनिन्, ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पन...

जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम

जाडो बिदामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई क्षमता विकास तालिम
काठमाडौँ, २० पौष । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले जाडो बिदाका समयमा सामुदायिक विद्यालयहरूका शिक्षकहरूलाई क्षमता विकास तालिम दिन लागेको छ । ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई तालिमबाट क्षमता विकास गराउने उद्देश्यले तालिम दिन लागिएको महानगरपालिकाले जनाएको छ । यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरूलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा...

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा
काठमाडौँ, २२ पौष । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले)मा फर्कीएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको आजको खाजा ब्रेक हुनुुपूर्व पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन् । मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुुहुन्छ । बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीत...

सरकारी निकायले अनुगमन नगरेकै कारण सहकारीमा विकराल रुप आएको हो : अभियन्ता पाठक

सरकारी निकायले अनुगमन नगरेकै कारण सहकारीमा विकराल रुप आएको हो : अभियन्ता पाठक
भक्तपुर, २२ पौष । भ्रस्टाचार विरोधी अभियन्ता हेम पाठकले सहकारी क्षेत्रमा देखा परेको विकराल समस्याको मुख्य कारण सरकारी निकायको लापरबाही रहेको बताएका छन् । नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाठकले सहकारीको रकम कहाँ लगानी भएको छ र त्यो रकम अपचलन त् भएको छैन भन्ने विषयमा सरकारले समयमै अनुगमन नगरेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको समस्याले मुलुकको आर्थिक प्रणालीमा गम्भीर असर परेको र तत्काल समाधान खोजिनुपर्ने आवश्यकता औंल्याए। ...

काठमाडौँमा ‘चाइना फिल्म डे’ आयोजना हुने

काठमाडौँमा ‘चाइना फिल्म डे’ आयोजना हुने
काठमाडौँ, २० पौष । काठमाडौँमा पहिलो पटक आयोजना हुने भएको छ । यही पुस २५ (जनवरी ९)मा ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने कार्यक्रमको उद्देश्य नेपाल र चाइनाको सांस्कृतिक आदानप्रदान रहेको छ । चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रमले दुवै देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारी करणमा सहकार्य हुने लक्ष्य राखिएको छ । कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गर...

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित

राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । काठमाडौँमा आजदेखि सुरू भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिए । भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएका...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com