FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

मेक्सिको सिटी, २२ पौष । दक्षिणपूर्वी मेक्सिकोमा गोलाबारीको घटनामा सात जनाको मृत्यु भएको छ ।

ताबास्को राज्यको भिल्लाहेर्माेसा सहरको एक बारमा शनिबार राति गोलाबारी हुँदा सात जनाको मृत्यु भएको हो । यस घटनामा सुरुमा मृत्यु हुने पाँच जना मात्रै थिए । पछि अरू दुई जनाको पनि मृत्यु भएको प्रहरीले बताए ।

यस घटनामा अन्य पाँच जना घाइते भएको बताइएको छ । बारमा गोली चलाउने अपराधीहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन् ।

नोभेम्बर २०२४ मा पनि भिल्लाहेरमोसाको बारमा गोली हानाहान भएको थियो । सो घटनामा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com