FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै उनी पक्राउ परेका थिए ।

आज उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । उनलाई हातमा हत्कडीसहित लगिएको छ ।

साथै राप्रपाका महामन्त्री धवल शमसेर राणालाई पनि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com