FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

राजनीति

पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित

पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित
काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी हुँदा उपराष्ट्रपति रहेका पुन यसअघि नै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टीका बैठक र कार्यक्रमहरूमा सक्रिय थिए। उनलाई यही चैत १९ र २० गते बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेर पार्टीको उपाध्यक्ष समेत बनाएको हो। माओवादीको पार्टी विधान अनुसार पदाधिकारी हुन स्थायी कमिटी सदस्य अनिवार्य भएपछि उनलाई पहिला स्थायी कमिटी सद...

रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान
बुटवल ।  पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ । शुक्रबार  राति  आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्याल...

आन्दोलनको तयारीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

आन्दोलनको तयारीमा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल हुने छ । मङ्गलबार काठमाडौंको भृकुटीमण्डपमा जनप्रदर्शनसहित सभाको तयारी गरिरहेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको अवस्था देखाउँदै उक्त स्थानमा कार्यक्रम गर्न नदिने निर्णय गरेपछि राप्रपाले कार्यसम्पादन समि...

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

अर्थसँगै तीन समितिको बैठक बस्दै

अर्थसँगै तीन समितिको बैठक बस्दै
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दि...

मानव अधिकार आयोग जाँदै रास्वपा

मानव अधिकार आयोग जाँदै रास्वपा
काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मानव अधिकार आयोग जाने भएको छ । पक्राउका क्रममा सामान्य प्रक्रिया पनि पालना नगरिएको भन्दै रास्वपा आयोग जाने भएको हो । सभापतिले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थितिमा पनि बेडरूममै आएर धरपकड गरिएको रास्वपाले जनाएको छ । सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।

कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाली विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलीमा प्रदर्शन भएको हो । घिसिङका समर्थकहरूले उर्जामन्त्री दिपक खड्काको राजीनामा समेत मागेका छन् । बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो ।

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

सात समूहलाई सगरमाथा आरोहणको अनुमति
काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए । विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमत...

मुख्यमन्त्री कप भलिबल आजदेखि

मुख्यमन्त्री कप भलिबल आजदेखि
भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।  आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ ।  प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग ...

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ। सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com