FlashNepal
सोमबार, कार्तिक १०, २०८३  |  October 26, 2026

राजनीति

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार

एमबाप्पेकाे गाेलमा रियल म्याड्रिड बिजयी, गाेल्डेन बुटका दाबेदार
काठमाडौं।  रियल म्याड्रिडले जितसँगै स्पेनिस ला लिगाको यस सिजनको अन्त्य गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका थिए । एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए । योसँगै एम्बाप्पेले ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडी रहेका छन् । दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका...

राष्ट्रिय समता दिवसको सन्दर्भमा सञ्चार सम्वाद कार्यक्रम सम्पन्न

राष्ट्रिय समता दिवसको सन्दर्भमा सञ्चार सम्वाद कार्यक्रम सम्पन्न
काठमाडौं। संविधान सभाको पुर्ण बैठकले जातीय भेदभाव छुवाछूत कसुर र सजाय ऐन २०६८ पारित भई मुलुकले विभेद विरुद्ध कानुन प्राप्त गरेको दिन, नबराज बि. क. सहित कलिला युवाहरुको जातीय विभेदकै कारण सामुहिक नरसंहार गरिएको कहालीलाग्दो दुखद दिन, मुलुकमा प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसले समता आन्दोलन शुभारम्भ गरेको दिन २००९ साल र राष्ट्रिय समता दिवसको सन्दर्भ पारेर राष्ट्रिय दलित पत्रकार संघ नेपाल, नेपाल दलित महिला संघ (एड्वान) र जागरण मिडिया सेन्टरको आयोजनामा ...

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा

ऋतिकको वारः २ को तेलगु राइटस १०० करोडमा बिक्रीमा
मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म वारः २ को जुनियर एनटीआरको जन्मदिनको अवसरमा टिजर सार्बजनिक भयो ।  गत मे २० मा सार्वजनिक गरिएको फर्स्ट लुक टिजर पछि फ्यान र सो फिल्मको व्यापारमा पनि ठूलो उत्साह देखिएको छ । पिंकभिल्लाको रिपोर्ट अनुसार यशराज फिल्म्सले तेलुगु राज्यका लागि १०० करोडको अफर प्राप्त गरेको छ। यसलाई फिर्ता नहुने अग्रिम एनआरए ​​प्राप्त भएको छ। एमजीले म्याथुरी मुभी मेकर्स, सितारा सिने मेर्कस, एसियन सिनेमा जस्ता वितरकसहित अन्य स...

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवं सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम बर्षा भइरहेको छ। दिउँसो बागमती प्रदेश, ...

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी

सरकारको ऋण २६ खर्ब २२ अर्ब ४० करोड, चार खर्ब ऋण उठाउँदा तीन खर्ब आठ अर्ब साँवा ब्याज भुक्तानी
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा करिब चार खर्ब बराबर सार्वजनिक ऋण उठाउँदा तीन खर्ब आठ अर्ब हाराहारी साँवा ब्याज भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको वैशाख मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पछिल्लो १० महिनामा रू एक खर्ब ८८ अर्ब ३० करोड थप वृद्धि भई कूल ऋण दायित्व रू २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४२दशम...

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
दाङ । लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतबाट पारित भएको हो । शुक्रबारदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको थियो । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो । जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेशको ...

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र ल...

रवि लामिछाने र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

रवि लामिछाने र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आदेश सुनाएको हो । मंगलबार र बिहीबार पनि बहस भएको थियो । तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो । मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए । उनीहरुको बहस बिहीबार पनि भएको थियो । बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए । छविका वकिलको...

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री

भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताएका छन्। राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न आग्रह गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाह...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com