FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

राजनीति

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने माओवादीको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको अवरोध जारी राख्ने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले बताए ।

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ

संघीय संसदका चारवटा समितिको बैठक बस्दैँ
काठमाडौ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ । दिउँसो १ः०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुदैँछ । उता, संघीयता सबलीकरण तथा राष...

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानम...

निजी क्षेत्रबाट बजेटको स्वागत

निजी क्षेत्रबाट बजेटको स्वागत
काठमाडौं । निजी क्षेत्रले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमा समेटिएका विषयवस्तुलाई स्वागत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा महाङ्सघले दिएका धेरै सुझाव समेटिएको बताए । उनले भने,“निजी क्षेत्रलाई प्रोत्साहन गर्ने ढङ्गबाट बजेट आएको छ, महासङ्घले लगानी प्रवद्र्धन, खनिज निकासीका सम्बन्धमा दिएका सुझावका धेरै बुँदा समावेश भएका छन्, लगानी बोर्डलाई शक्तिशाली बनाउन खोजिएको छ ।” नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कम...

वृद्ध भत्ताको उमेर ७० वर्ष, दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै

वृद्ध भत्ताको उमेर ७० वर्ष, दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै
काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए । सरकारले आर्थिक वर्ष २०५१र५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रु...

राजावादी प्रदर्शनमा घुसपैठ गरेको भन्दै दुईजना पक्राउ

राजावादी प्रदर्शनमा घुसपैठ गरेको भन्दै दुईजना पक्राउ
काठमाडौं । राजावादीको प्रदर्शनमा घुसपैठ गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । घुसपैठ गर्न खोजेको भन्दै राजावादीले दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका हुन् । उनीहरूमाथि राजावादीले कुटपिट समेत गरेका छन् ।

प्रभु साहले भने, ओली र देउवा नक्कली गणतन्त्रवादी हुन्

प्रभु साहले भने, ओली र देउवा नक्कली गणतन्त्रवादी हुन्
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाईरहेको टिप्पणी गरेका छन् । अहिलेको संकट समाधानका लागि उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर अन्तरिम सरकार गठन गर्न आह्वान समेत गरेका छन् । गणतन्त्र दिवसको सन्दर्भ आज (बिहीबार) आम जनता पार्टी (आजपा) काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त...

महाधिवेशनमा रेशु तामाङलाई दरिलो साथ, झिनो मतले पराजित

महाधिवेशनमा रेशु तामाङलाई दरिलो साथ, झिनो मतले पराजित
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालकी नेतृ रेशु तामाङले फेरि लोकतान्त्रिक प्रक्रियालाई आत्मसात गर्दै नयाँ इतिहास रच्न सफल भएको बताएकी छन् । उनी प्रतिस्पर्धामा झिनो मतले पराजित भईन । हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि सार्वजनिक गरेको वक्तव्यमा उनले लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो अटल आस्था व्यक्त गर्दै हारलाई पनि ऐतिहासिक उपलब्धिको हिस्सा मानेको बताईन् । उनले भनेकी छन्, ‘फेरि एकपटक हामीले लोकतान्त्रिक मूल्य र प्रक्रियालाई आत्मसात गर्दै नयाँ इतिहास रच्न सफल भयौं । निर्वा...

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
काठमाडौं । आज राजावादी समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ। आज प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुने बताएको हो । अध्यक्ष नै थुनामा रहेको अवस्थामा प्रदर्शनमा सहभागी नहुने महाअभियाले उल्लेख गरेको छ । गत चैत १५ गतेको हिंसात्मक घटनापछि प्रसाईँ थुनामा छन् ।

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गर...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com