FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार चारवटै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल हुनेछ ।

दिउँसो १ः०० बजे बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुदैँछ ।

उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको  छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com