जेलन्सकी टर्की पुग्दा पुटिन भने मस्कोमा नै
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका भोलोडिमिर जेलेन्स्कीले भाग लिनको लागि आह्वान गरे पनि बिहीबार इस्तानबुलमा युक्रेनमा युद्ध सम्बन्धी शान्ति वार्तामा उपस्थित नहुने भएको छ ।
पुटिन नजाने भए पछि रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन । क्रेमलिनको विज्ञप्ति अनुसार अब मेडिन्सिकीले रूसको तर्फवाट जेलेन्सकीसँग टर्कीमा बार्तामा गर्नेछन ।
जेलेन्स्कीले पहिले नै भनेका थिए कि उनी वार्तामा उपस्थित हुनेछन् । रुसी रा...