अहिलेसम्म तीन प्रधानमन्त्रीले शिक्षकसँग गरेका थिए सहमति
काठमाडौँ । २०७५ मा ओली, २०७८ मा देउवा र २०८० मा दाहाल प्रधानमन्त्री हुँदा गरिएका सहमति कार्यान्वयन नहुँदा राजनीतिक नेतृत्वसँग शिक्षकहरूको अविश्वास बढेको हो । संसद्बाट विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न पहल लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतापछि पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । विगतमा पटक–पटक गरिएका सहमति नै कार्यान्वयन नभएका कारण यसपालि प्रधानमन्त्रीको प्रतिबद्धतामा मात्र भर पर्न नसकिने उनीहरूले जनाएका छन् । प्रधानमन्त्री ओलीसँग शुक्रबार राति ...