सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली आज भारत भ्रमणमा जाँदै
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोली मंगलबार भारत भ्रमणमा प्रस्थान गर्न लागेको छ । मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भारत सरकार विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा भारत जान लागिएको हो ।
मुख्यमन्त्री नेतृत्वको टोलीले बुधबारदेखि औपचारिक भेटघाट र अवलोकन सुरु गर्नेछ । बुधबार बिहान राजघाटमा जाने, भारतको न...