तीनकुने घटना प्रकरणः रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई म्याद थप्न अदालत लगियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरूमाथि अनुसन्धान गर्न म्याद थपका निम्ति अदालत लगिएको हो । पाँचौँपटक म्याद थपका निम्ति उनीहरूलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र प्रसाईंसहित केही व्यक्तिलाई...