FlashNepal
बिहिबार, आषाढ ०४, २०८३  |  June 18, 2026

मुख्य समाचार

विदेशी विनिमय सञ्चिति २४ खर्ब बढी

विदेशी विनिमय सञ्चिति २४ खर्ब बढी
काठमाडौं । विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको तथ्यांक अनुसार कुल विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले बढेर ०८१ चैत मसान्तसम्म २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो । ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति थियो । राष्ट्र बैंकका अनुसार, १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति छ ।

बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’

बंगलादेशमा हसिनाको पार्टी माथी प्रतिबन्ध, अबामी लिगले भन्याे, ‘अबैधानिक’
ढाका, २८ बैशाख । शेख हसिनाको राजनीतिक दल अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाइए पछि नयाँ बहस सुरू भएको छ। बंगलादेशको अन्तरिम सरकारले राष्ट्रिय सुरक्षाको चिन्तालाई उद्धृत गर्दै देशको आतंकवाद विरोधी ऐन अन्तर्गत अपदस्थ पूर्व प्रधानमन्त्री हसिनाका पार्टी माथी प्रतिबन्ध लगाए पछि नयाँ बहस सुरू भएको हो । प्रतिबन्धको यो निर्णय शनिबार ढिलो घोषणा गरिए पछि बंगलादेशी सरकारले भन्ने गरेको ‘लोकतन्त्र र राजनीतिक अधिकार’ माथी अहिले प्रश्न उठाउन थालिएको छ। विद्यार्थी संचालित राष्ट्रिय ना...

बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस

बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा पेस गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता छलफलका लागि गर्ने प्रस्ताव पेस गरेका हुन् । उनले संसद्ले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए । मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सवल अर्थतन्त्र निर्माण...

जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपील

जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको अपील
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ । आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो । आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो । ...

यस्तो छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ (पुर्णपाठसहित)

यस्तो छ, प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ (पुर्णपाठसहित)
काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ योजनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराएका छन् । उनले जेन जी पुस्तालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउने कार्य गरिएको भन्दै सरकारी काम कारबाहीलाई ‘फेस लेस’ बनाउने जस्ता कार्यक्रम ल्याइएको बताएका हुन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् । नीति तथा कार्यक्रममाथि उठेका विषयबारे प्रतिनिधिसभाको आजको बैठकमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफः सम...

सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री ओलीको १५ बुँदे ब्रिफिङ

सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री ओलीको १५ बुँदे ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा नयाँ केही आएन भन्ने प्रश्नको जवाफ दिएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नयाँ के(के समेटियो भन्ने जानकारी दिएका हुन् । गत वर्ष साउनमा आफूले बोलेको सम्झिँदै विकास निर्माणको कामका तरिकाप्रति ‘ओर्क इन प्रोग्रेस १’ बाट नीति कार्यक्रम कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ भएको र यसलाई व्यवहारमा अवलम्बन गर्ने प्रतिवद्धता पनि...

भाषा र स्नातक अध्ययनका लागि कोरिया जाने एनओसी बन्द

भाषा र स्नातक अध्ययनका लागि कोरिया जाने एनओसी बन्द
काठमाडौं । दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने नो अब्जेक्सट सर्टिफिकेट (एनओसी) बन्द गरिएको छ । सरकारले तत्कालका लागि एनओसी बन्द गरेको हो । सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी दिन बन्द गरिएको हो । अध्ययनका लागि भन्दै कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्यामा फस्ने पाइएको भन्दै दूतावासले एनओसी रोक्न माग गरेको थियो । विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गर...

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ करोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ करोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । यससँगै यसअघि तोलामा १९ सय ६० कायम भएको चाँदीको मूल्य आइतबार १९ सय ७० रुपैयाँ कायम भएको हो ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको आज (आइतबार)को बैठकमा उनले जवाफ दिन लागेका हुन् ।  बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १...

‘असंवैधानिक’ ५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ हुँदै

‘असंवैधानिक’ ५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ हुँदै
काठमाडौं । असंवैधानिक तवरबाट नियुक्त गरिएको भनिएका संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (वैशाख २८)देखि पुनः सुनवाइ हुँदै छ । ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार)सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले संवैधानिक आयोगमा तीन पदाधिकारी सिफारिस गरेपछि पुस १ मा अधिवक्ता ओमप्रकाश अर्यालले रिट तयार गरेका थिए । संवैधानिक परिषद्मा निर्णय गर्नेमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका तत्कालीन ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com