शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनप्रति असन्तुसष्टि जनाउँदै शिक्षक महासंघद्धारा फेरि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो ।
महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी हामीले ८९ दिन लामो शिक्षक कर्मचारी बान्दोलन भर्खरै सम्पन्न गरेका छौं । यसैक्रममा लगातार २९ दिनसम्म शिक्षक कर्मचारीको भव्य...