कांग्रेसले सातै प्रदेशमा गरेको अन्तर्क्रियामा नेपाललाई हिन्दु राष्ट्र बनाउन सुझाव
काठमाडौं । नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभाग एवम् नेपाल डेमोर्क्याटिक लयर्स एशोसियसनले ‘संविधान संशोधनको आवश्यकता र औचित्य’ विषयमा देशका सातवटै प्रदेशमा आयोजना गरेका अन्तर्क्रियाहरुमा धर्म निरपेक्षता खारेज गरी मुलुकलाई हिन्दु राष्ट्र बनाउने सुझाव प्राप्त भएको छ । नेपालमा राजसंस्थालाई पनि कुनै न कुनै रुपमा स्थान दिनुपर्ने माग चर्किरहेका बेला कांग्रेसको आफ्नै विभागले उक्त सुझाव समेटिएको प्रतिवेदन बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको हो ।
पार्टी कार्यालय ...