राजसंस्था पुनर्स्थापना’को आन्दोलन सुरु नहुँदै राजावादीहरुबीच नै पर्यो लफडा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन सुरु नहुँदै राजावादीहरुबीच नै लफडा सुरु भएको छ । सोमबार पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति पहिलो दिनमै विवादित बनेको हो ।
‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा ११ जना सदस्य छन् । जसमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन ...