गिरिजाबाबुको १५ औँ स्मृति दिवस
काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । सो अवसरमा राजधानीमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीकोसमेत आयोजना गरिएको छ । सो गोष्ठीमा सहभागी नेताहरुले गिरिजाप्रसाद कोइरालाको योगदानको प्रशंसा गरेका थिए ।
कोइराला सहमति, सहकार्य र एकताका लागि ज...