हिजो साहसको परिचय फैलाउने नेपाल आज दया लाग्ने देश भएको छ –प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिक्षा माग्ने नेताको नेतृत्वमा देश रहँदासम्म समृद्धि सम्भव हुन नसक्ने बताएका छन् । सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै साहले यस्तो बताएका हुन् । उनले भने, ‘माग्नेहरूले नै देशको मालिक भएको बेला, गौरवशाली इतिहास बोकेको नेपाल आज लाचार र माग्ने देश बन्न पुगेको छ’।
साथै उनले हिजो दुनियाँलाई दिने नेपाल जसले बुद्धको ज्ञान, साहसको परिचय र संस्कृति फैलायो, आज संसारकै सामु हात फैलाउन बाध्य भएको बताए । हिजो...