आन्दोलनमय बन्दै काठमाडौं, शिक्षकपछि निजामती कर्मचारीहरुले दिए चेतावनी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्यलय घेराउमा पुगेका निजामती कर्मचारीहरुले आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग समितिका सभापति रामहरि खतिवडासमक्ष प्रस्तुत गरेका छन् ।
समितिको कार्यालय घेराउमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनमा आवद्ध कर्मचारीह...