FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो ।

जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ ।

नेपाल र स्कटल्याण्डले भने एक/एक खेल जितेका छन् । नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com