FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । सरकारले चैते धानखेतीलाई प्रवर्द्वन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धानखेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले भने, ‘चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेकाछौं । सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ’।

सरकारले धानउत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धानखेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com