FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तोकेको जिम्मेवारी तीनजना वडाध्यक्षले अस्वीकार गरेका छन् ।
जिम्मेवारी तोकिएको, तर कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले जिम्मेवारी अस्वीकार गरेका हुन् । गत वर्षको पुस ८ गतेपछि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन ।

बालेनले यही जेठ १ गते बिहीबार सूचना प्रविधि समिति संयोजकबाट मानन्धरलाई हटाएर काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवारीलाई हटाएर वडा नम्बर–३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समिति संयोजकबाट काठमाडौं–८ का वडाध्यक्ष आशामान संगतलाई हटाएर वडा नम्बर–२४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई जिम्मेवारी तोकेका थिए ।

त्यस्तै, विधायन समिति संयोजकबाट काठमाडौं–२३ का वडाध्यक्ष मचाराजा महर्जनलाई हटाएर वडा नम्बर–१६ की अध्यक्ष श्रेष्ठलाई जिम्मेवारी तोकिएको थियो । श्रेष्ठले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् ।

महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली, २०७४ को नियम १५ बमोजिम गठित समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१)मा टेकेर नयाँ संयोजक तोकिएको जनाइएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com