FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । हावाहुरीका कारण काठमाडौं उपत्यकामा विमान उडान र अवतरणमा समस्या भएको छ ।  मौसम प्रतिकूल बन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ उडान र अवतरणमा समस्या भएको हो । शुक्रबार साँझ काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हावाहुरीसहित पानी परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, हावाहुरीले गर्दा उडान र अवतरणमा समस्या भएको छ । भिजिबिलिटी समस्याले गर्दा काठमाडौंबाट उड्ने र अवतरणमा समस्या भएको उनले बताए । केही जहाज आकासमा होल्ड भएको उनले जानकारी दिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com