FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com