काठमाण्डौं, असार ५
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात -एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । मौका परीक्षा आउँदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ ।

साउन २ गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र दुई विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन बोर्डले जनाएको छ ।