FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं, २४ असार । निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको संसदीय विशेष समितिको पहिलो बैठक बस्ने भएको छ । समितिको पहिलो बैठक आज १२ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने बताइएको छ ।

सो बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहने बताइएको छ । निजामति सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ मा ‘बाहेक’ शब्द घुसाएपछि यसबारेमा छानविन गर्नका लागि सभामुख घिमिरेले सात सदस्यीय संसदीय विशेष समिति बनाएका थिए ।

उक्त विशेष समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) बाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिको नेतृत्व कांग्रेसका सांसद परियारले गर्ने तय भएको छ ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com