FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं, २२ असार । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नाउपाका अरुण चौधरी छन् ।

राज्यमन्त्री चौधरीले आजै राजीनामा बुझाउने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com