FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा बयानका लागि उनी अदालतमा हाजिर भएका हुन् ।

नेपालमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप छ ।

नेपाल प्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषद्ले हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com