FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं, १ असार । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र काभ्रेवाट १७ जना पक्राउ परेका छन् ।

भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।

उता, काभ्रेको पनौती नगरपालिका–५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिबकुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com