FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि आज बिहानैबाट देशभर सेवा ठप्प बन्दा यात्रु मर्कामा परेका छन् । त्यसैलाई मध्यनजर गर्दै प्रहरीले यो निःशुल्क बस सेवा सुरु गरेको हो ।

रुट नं. १ः यो रुट नयाँ बसपार्कबाट सुरु भई बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल, नक्साल, बालुवाटार, टिचिड, चक्रपथ हुँदै पुनः नयाँ बसपार्कमा पुग्नेछ।

रुट नं. २ः यो रुट एयरपोर्टबाट सुरु भई कोटेश्वर, तिनकुने, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिड, बालुवाटार, नक्साल, रातोपुल, गौशाला हुँदै पुनः एयरपोर्टमा फर्किनेछ।

यो निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com