FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

विराटनगर । कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध भएको छ ।

लेउती खोलामा आएको बाढीले सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ फेदीनजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ ‌। उक्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।

सोही राजमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अवरुद्ध भएको थियो । तर, अहिले हटाइएको प्रहरीले बताएको छ ।

तमोर करिडोको छरुवा खोलमामा बाढी आउँदा धनकुटाको चौबिसे गाउँपालिका– ४ स्थित सडक खण्ड पनि अवरुद्ध बनेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com