FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ । व्यक्ति हत्या प्रकरणमा आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो । जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्कघात भएको हो ।

अहिले अन्तपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको बताइएको छ । उनलाई आज विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो । यसअघि उनले उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com