FlashNepal
बिहिबार, आषाढ २५, २०८३  |  July 9, 2026

काठमाडौं । रौतहट हत्याकाण्डका आरोपी नेपाली काँग्रेसका नेता अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो ।

काँग्रेस पूर्वसांसद आलममाथि संविधान सभाको निर्वाचनका बेला रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोप लागेको थियो ।

उनी घटनाको १२ वर्षपछि१९ असोज २०७६ मा पक्राउ परेका थिए ।

आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com