FlashNepal
शनिबार, कार्तिक ०८, २०८३  |  October 24, 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक चल्न नदिने निर्णय गरेका छन् । गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरुको निर्णय छ ।

सिंहदरबारमा आज विहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासहित संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय भएको बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।

उनकाअनुसार यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि जवाफ माग्ने निर्णय भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com