FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी छ ।

यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com