FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एउटा नेपाली चलचित्र प्रदर्शनमा आएको छ । राजेश हमाल मुख्य भूमिकामा रहेको चलचित्र ‘नरसिंहा अबतार’ आजबाट प्रदर्शनमा आएको हो ।

राजेश हमालको यो आठ वर्षपछिको कमब्याक हो । राजेश आठ वर्षपछि फिचर फिल्ममार्फत अभिनयमा फर्किएका हुन् ।

दिवाकर भट्टराईले निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा राजेशसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाहीलगायत कलाकारको अभिनय छ ।

क्रिएटिभ सिने आर्टसको ब्यानरमा बनेको यो सिनेमामा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ ।

राजु विक्रम थापाको छायांकन तथा साहिल खानको सम्पादन छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com