FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।

उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका हुन् । विशेष अदालतको फैसला बदरको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका थिए ।

विशेष अदालतले तामाङलाई १ अर्ब ७२ करोड ४४ लाख ४९ हजार जरिवाना र ३ वर्ष कैद सजाय सुनाएको थियो।

तामाङको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com