FlashNepal
बिहिबार, भाद्र ११, २०८३  |  August 27, 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १६३ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रूपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०५ रूपैयाँ ३४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९० पैसा र बिक्रीदर १८ रूपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५१ पैसा तोकेको छ ।

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३७ रूपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८७ पैसा निर्धारण भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com