FlashNepal
मंगलबार, भाद्र ०९, २०८३  |  August 25, 2026

काठमाडौ, २८ बैशाख ।गभर्नर सिफारिस समितिको सदस्यबाट विश्व  पौडेलले राजीनामा दिएका छन् ।

उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्।

नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

यसअघि पुर्व गभर्नर बिजयनाथ भट्टराईले पनि राजिनामा दिएका थिए, उनको स्थानमा पुर्व गभर्नर महाप्रसाद अधिकारीलाई ल्याईएको थियो।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com