FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । संघीय राजधानी काठमाडौंका साथै देशभरी नै पछिल्लो समय मासुको खपत बढेसँगै मूल्य आकाशिएको छ । माग बढेपछि पछिल्लो केही महिनायता मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो ।

बजारमा मासु खपत घटेपछि व्यवसायीले मूल्य घटाएका थिए । तर पछिल्लो समय बजारमा मासुको माग बढ्दै जाँदा पुनः कुखुराको मासुको मूल्य बढ्दै गएको छ । अर्काे तर्फ बजारमा खपत बढ्दा उत्पादन घटेकाले मासुको मूल्य बढेको नेपाल पोल्ट्री महासंघले जनाएको छ ।

यसरी मासुको मूल्य बढ्दा व्यवसायीहरु उत्साहित भएका छन् भने उपभोक्ता मारमा पर्दै गएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com