FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । एनआईसी एसिया बैंकमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन ।

बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ ।

बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बैंकले जनाएको छ । बिक्रीका निम्ति यसअघि खुला गरिएकामा आवेदन नपरेपछि रोकिएको थियो । पुनः बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com