FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपूर्ण रूपमा जारी रहेको छ । देशैभरीका २ हजार ७९ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजेदेखि सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ ।

केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका छन् । जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन् ।

परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंबाट ३९ हजार बढीले परीक्षा दिइरहेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com