FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार ७५ हजार २०० रुपैयाँ कायम हुँदै रेकर्ड राखेको थियो ।

आज एकैदिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो । पछिल्लोसमय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार बढ्दै जाँदा नेपाली बजार पनि यसबाट अछुतो रहन सकेको छैन । दिनहुँ ऐतिहासिक रेकर्ड बन्दै गएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार दर वृद्धिको धम्कीपछि व्यापार युद्ध र आर्थिक वृद्धिमा संकुचन आउनसक्ने देखिएपछि सुन नयाँ रेकर्ड विन्दुमा पुगेको अन्तर्राष्ट्रि सञ्चारमाध्यमले जनाइरहेका छन् ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com