FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

राजनीति

ऊर्जामन्त्री खड्काको घोषणा : अब साँझमा लोडसेडिङ हुँदैछ

ऊर्जामन्त्री खड्काको घोषणा : अब साँझमा लोडसेडिङ हुँदैछ
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन् । बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन् । ’अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने । भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ ।...

सरकार र संविधान दुवै असफल भइसक्योः प्रभु साह

सरकार र संविधान दुवै असफल भइसक्योः प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल भईसकेको बताउदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन सफल बनाउन आह्वान गरे । ‘सरकार सबैमोर्चामा असफल भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरु कार्यसम्पादन ...

दुर्गा प्रसाईको गम्भिर आरोप : ट्रकबाट बरामद २५ करोड पैसा माओवादीका भएको दावी

दुर्गा प्रसाईको गम्भिर आरोप : ट्रकबाट बरामद २५ करोड पैसा माओवादीका भएको दावी
काठमाडौं । अभियान्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौंको टोखाबाट ट्रकमा बरामद २५ करोड बढी विदेशी मुद्रा माओवादीको भएको दावी गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले उक्त रकममा माओवादी जोडिएको आरोप लगाएका हुन । उक्त रकम माओवादी निकट तिब्बतीको भएको उनको भनाइ छ । ठुला नेताको संलग्नतामा दिनहुँ यसैगरी रकम तस्करी भइरहेको उनको दावी थियो ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापनतथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका हुन् । यस्ता छन् मन्त्रिपरिषद्को बैठले गरेका अन्य निर्णयहरु – १. विश्व बैंकमार्फत विद्यालय क्षेत...

पूर्वराजा ज्ञानेन्द्र गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जाँदै

पूर्वराजा ज्ञानेन्द्र गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जाँदै
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको उनका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । उनी यसैसाता जाने भनिए पनि पाठकको सूचनामा दिन भने खुलाइएको छैन । पछिल्लो समय पूर्वराजाको चर्चा सडकदेखि सदनमा चलिरिहँदा राजावादीहरू पनि हौसिएका छन् । के गर्लान् राजावादीहरु ? गत साता पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा राजावादीहरुले शक्ति प्रदर्शन गरे । त्यो आइतबारको दिन काठमाडौँको चक्रपथको सडक द...

सांसद डा. शर्माले संसदमा दर्ता गरे स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

सांसद डा. शर्माले संसदमा दर्ता गरे स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। सांसद डा. शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी उपचार कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी प्रस्ताव’ शीर्षकको सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । यो प्रस्तावको उद्देश्य नेपालका सबै नागरिकका लागि...

श्रीलङ्काका राजदूत नेपालीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ

श्रीलङ्काका राजदूत नेपालीले लिए राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

रञ्जिता श्रेष्ठले नचाहेपछि जनमत र नागरिक उन्मुक्ति दलको एकता अघि बढ्न सकेन

रञ्जिता श्रेष्ठले नचाहेपछि जनमत र नागरिक उन्मुक्ति दलको एकता अघि बढ्न सकेन
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीवीच पदीय भागबण्डामा सहमति जुटेको छैन । एकताको लागि जनमत र नागरिक उन्मुक्तिले प्रयास गरिरहेका भएपनि पार्टीको नाम, चुनाव चिन्ह र पदीय जिम्मेवारीमा समेत कुरा मिलिसकेको छैन । उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी भने जसरी पनि एकतामा गईहाल्नुपर्ने अडानमा रहेका छन् । सिके र रेशमको दल एक भएर प्रतिनिधिसभामा छैठौं ठुलो दल बन्दै ? चौधरीको जस्तै जनमतका सीके राउत पनि एकता छिटो गर्ने प्र...

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान

‘पोखरा–छेन्दु’ को पहिलो व्यावसायिक चार्टर उडान
छेन्दु (चीन) । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुुवान प्रान्तको छेन्दुुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुुई वर्षपछि मङ्गलबार पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचु...

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन गरेको छ । बढ्दो पाठेघरको मुखको क्यान्सर नियन्त्रण, रोकथाम तथा उपचार गर्न गाउँपालिकाले अभियान सञ्चालन गरेर बिरामीको खोजी थालेको हो । शिविरमार्फत गाउँपालिकाका सबै वडाका ३० देखि ४५ वर्ष उमेर समूहका करिब छ सय महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्ने लक्ष्य रहेको पौवादुङमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । यही चैत ३ गतेदेखि १५ गतेसम्म अभियान नै...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com