FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

राजनीति

चन्द्रागिरिको आगो यसरी निभाइँदैछ,

चन्द्रागिरिको आगो यसरी निभाइँदैछ,
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागीको प्रयास भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

दलित अभियान्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग घम्साघम्सी बानेश्वरमा

दलित अभियान्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग घम्साघम्सी बानेश्वरमा
अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा  राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियान्ताहरुले प्रदर्शन गरेका हुन् ।  ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।

प्रहरीबाटै कुटिए पर्सामा वडाध्यक्ष, जाहेरी लिन नमानेको आरोप

प्रहरीबाटै कुटिए पर्सामा वडाध्यक्ष, जाहेरी लिन नमानेको आरोप
प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मि...

संसद्मै थन्कियो शिक्षा विधेयक

संसद्मै थन्कियो शिक्षा विधेयक
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय विषयगत समितिमा थन्किएको छ । सरकारले प्राथमिकतामा राखेको भनेको यो विधेयक १८ महिनादेखि संसद्मा विचाराधीन छ । यो विधेयक २७ भदौ २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले २५ असोज २०८० मा दफावार छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएको थियो । संसदीय समितिमा विधेयक पुगेको पनि १७ महिना भइसक्यो तर विधेयक अगाडि बढ्न सकेको छैन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि स...

संसदमा प्रधानमन्त्रीको जवाफ : लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक रूपमा समाधान गरिनेछ

संसदमा प्रधानमन्त्रीको जवाफ : लिम्पियाधुरा, लिपुलेक र कालापानी समस्या कूटनीतिक रूपमा समाधान गरिनेछ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग भारतसँगको कूटनीतिक माध्यम समाधान गरिने बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेका कारण समस्या समाधान गर्न नसकेको बताए । उनले सन् १९६२ पहिले समेत नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएमा बीचमा कसरी हट्यो ? भन्दै प्रतिप...

खेलकुदमन्त्रीलाई पार्टी कार्यालयमै देखाइयो कालो झण्डा

खेलकुदमन्त्रीलाई पार्टी कार्यालयमै देखाइयो कालो झण्डा
काठमाडौं । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ । उनलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कालो झण्डा देखाइएको । अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका कारण ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् । उनीहरुले मन्त्री चौधरीको राजीनामा माग समेत गरेका छन् ।

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक

फिल्म ‘११ : ५५’को ट्रेलर सार्वजनिक
काठमाडौं । केशव पाण्डेको डेब्यू निर्देशन रहेको फिल्म ‘११ : ५५ डुन नट ट्रस्ट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार कमलपोखरीस्थित फिल्म हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मका प्रमुख कलाकार नायक महेश त्रिपाठी, नायिका सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ, डेब्यू नायक सागर खनाललाई स्थान दिइएको छ । फिल्ममा कलाकार बुद्धि तामाङ, विशाल पहारी र एमएस अग्रजलगायतको अभिनय रहेको छ । ट्रेलरले फिल्ममा लभ, रोमान्स, धोका, एक्सन र रहस...

प्रधानमन्त्री ओली भन्छन् – ईपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन

प्रधानमन्त्री ओली भन्छन् – ईपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी ईपीजी प्रतिवेदन बुझ्‌न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने भनी प्रबुद्ध वर्गले प्रतिवेदनमा उल्लेख गरेकाले नेपालले पहिले नबुझ्ने बताएका हुन् । ‘ईपीजीको प्रतिवदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन’, उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै दे...

आज अन्तरराष्ट्रिय खुसियाली दिवस

आज अन्तरराष्ट्रिय खुसियाली दिवस
काठमाडौं । आज अन्तरराष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान ग...

‘ठूला मिडिया’मा रक्सीको विज्ञापन : सर्वोच्च अदालतको आदेशलाई चुनौती

‘ठूला मिडिया’मा रक्सीको विज्ञापन : सर्वोच्च अदालतको आदेशलाई चुनौती
काठमाडौं । राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा १४ ले जनस्वास्थ्यलाई हानी पुर्‍याउने धुम्रपान तथा मदिराजस्ता पदार्थहरूको विज्ञापन प्रसारणलाई निरुत्साहित गर्ने व्यवस्था कानूनी रुपमै किटान छ । अदालतको आदेश र कानूनका यी स्पष्ट प्रावधानलाई आँखा चिम्लेर देशका तीनवटा प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरूले मदिराको विज्ञापनलाई समाचारको रूपमा प्रस्तुत गरेको विषय य(ितबेला पत्रकारविचमै चिन्ता, चासो र छलफलको विषय बनेको छ । आफूलाई ठुला मिडिया दावी गर्ने कान्तिपुर, अन्नपूर्ण पोस्ट र नयाँ पत्रिका...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com