FlashNepal
मंगलबार, आषाढ २३, २०८३  |  July 7, 2026

राजनीति

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली
काठमाडौं । सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै सहकारी पीडितहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौंको शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्‍म पुगेका हुन् । उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोजेका थिए । यसक्रममा केही सहकारी पीडितको हातमा च...

कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने

कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ। आजै अन्तरिम आदेशको निर्क्योल हुनेछ । कुलमान र हितेन्द्रको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि लगातार बहस भएको थियो । कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै ...

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा
काठमाडौं । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने
काठमाडौं । थाइल्याण्डको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । ओली र मोदीबीच भोलि (शुक्रबार) साँझ भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगेका हुन् ।

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु
काठमाडौँ । कारबाहीमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौँ महानगरपालिकाभित्र छिराउन वडाध्यक्ष र महानगरकै कर्मचारीले कर्मचारीले जबरजस्ती गरेका छन्। मेयर बालेन्द्र साह बालेनको निर्देशनपछि महानगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेशका लागि रोक लगाएको छ। तर वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई धम्काउँदै जबरजस्ती गुरागाईंलाई प्रवेश गराउन खोजिरहेका छन्। वार्ता र सम्वातमार्फत् समस्या समाधान नगरेर वडाध्यक्ष र कर्मचारीले तथा मेयर बालेन दुवैपक्षले जबरजस्ती गरि...

नेविसंघका गोविन्द कोइराला त्रिचन्द्रको स्ववियु अध्यक्षमा निर्वाचित

नेविसंघका गोविन्द कोइराला त्रिचन्द्रको स्ववियु अध्यक्षमा निर्वाचित
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमले कोइराला निर्वाचित भइसकेको तर औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार केहीबेरपछि औपचारिक रुपमा घोषणा गर्ने तयारी रहेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदीको...

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा
काठमाडौं । वडाध्यक्षहरु र कर्मचारीले काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गराउने तयारी स्वरुप जम्मा भएपछि मेयर बालेन शाहले महानगर प्रहरी परिचालन गरेका छन् । कमलादीस्थित काठमाडौं महानगरको कार्यालयमा एकातिर कर्मचारीहरु सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयरकले नगर प्रहरी तैनाथ गरेका छन् । यस संगै झडपको स्थिति पैदा हुन लागेको हो । महानगरमा कर्मचारी र नगर प्रहरीबीचमै विवादको...

प्रधानमन्त्री ओली र थाई व्यावसायीहरुबीच बैंककमा भेटवार्ता

प्रधानमन्त्री ओली र थाई व्यावसायीहरुबीच बैंककमा भेटवार्ता
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ । यस भेटमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि उपस्थित थिए । भेटवार्ताले दुई देशबीचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ । भेटवार्तामा दुवै देशका व्यावसायीबीच आपसी सहकार्य र लगानीका अवसरहरुबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक तथा व्यापा...

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो
काठमाडौँ । तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ । नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताए । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको उनले दाबी गरे । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेट...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com