FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल

विकास साझेदारहरूसँग अर्थमन्त्रीले गरे बजेट छलफल
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्त्व दिने बताएका छन्। “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौँ। त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौँ। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौँ’, आगामी बजेटबारे विकास साझेदारहरुसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशबाट गरिएका कानुन संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावहरु, विभिन्न नीति तथा निर्णयहरु नीतिगत सुधारका महत्वपूर्ण पक्षहरु हुन् ।...

रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी

रोशी खोलाले अवरुद्ध गराएको बिपी राजमार्ग खुलाउने प्रयास जारी
रामेछाप । वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्गको मर्मत कार्य जारी रहेको छ । सोमबार रातिको वर्षाका कारण रोशी खोलमा आएको बाढीले सडकको माम्ती, डालाबेसी र बोक्सी डाँडामा क्षति पुर्‍याएको छ । सोमबार राति सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउनको लागि सडक डिभिजन कार्यालयको डोजरले काम गरिरहेको छ । बाढीले काभ्रेको रोशी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी विन्दु अधिकारीले जानकारी दिइन् । हिजो राति सडकमा क...

भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी

भैरहवा विमानस्थल भ्रष्टाचार प्रकरणः किसानसँग विघाको ३ लाखमा जग्गा किनेर ४ करोडमा राज्यलाई बिक्री गरिएको प्रेम आलेको दाबी
काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व मन्त्री प्रेम आलेले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिकरण प्रकरणमा व्यापक भ्रष्टाचार भएको दाबी गरेका छन् ।  उनले भैरहवा विमानस्थलको लागि अधिकरण गरिएको ४ सय विघा जग्गा किसानसँग प्रतिविघा ३ लाखमा खरिद गरेर विचौलियाहरुले सरकारलाई प्रतिविघा ४ करोड रुपैयाँमा विक्री गरिएको बताएका हुन् । ‘यहाँका किसानहरुसित अघिल्लो पटक म आएर बुझ्दाखेरी ३ लाख रुपैयाँ विघामा विचौलियाले खरिद गरेको र ४ करोड रुपैँयामा सरकारलाई बि...

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रममा नेपालबाट गोविन्द परियार छनोट

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रममा नेपालबाट गोविन्द परियार छनोट
काठमाडौँ । पत्रकार एवं कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘उदीयमान नेता’ कार्यक्रमका लागि छनोट भएका छन् । विश्वको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयले विभिन्न देशमा नेतृत्वमा जान सक्ने सम्भावना भएका व्यक्तिहरूका लागि बनाएको ‘इमर्जिङ लिडर्स’ कार्यक्रममा सन् २०२५ का लागि नेपालबाट परियार छानिएका हुन् । उक्त कार्यक्रमका लागि उनी अहिले बोस्टनमा रहेको हार्वड विश्वविद्यालयको हार्वर्ड केनेडी स्कुलमा अध्ययनरत छन् । ...

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल

आईपीएलका बाँकी खेल जेठ ३ गतेदेखि सुरु हुने, २० गते फाइनल
काठमाडौं। भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु १७ मे अर्थात् जेठ ३ गतेदेखि सुरु हुने भएको छ । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुनेछ । गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै बीचमै खेल स्थगित गरिएको थियो । सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई०ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो । आईपीएलको...

आज कालीमाटीमा कुन तरकारीलाई कति ?

आज कालीमाटीमा कुन तरकारीलाई कति ?
काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रत...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४० पैसा र बिक्रीदर १८० रूपैयाँ १९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६१ रूपैयाँ ३७ पैसा र बिक्रीदर १६२ रूपैयाँ आठ पैस...

घण्टौंदेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

घण्टौंदेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
काभ्रेपलाञ्चोक । वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उनले प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि ए...

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः जम्मा चारवटा सामाजिक सञ्जाल मात्रै सूचिकृत

शक्तिशाली सरकारलाई फेसबुक, एक्सले टेरेनन्ः जम्मा चारवटा सामाजिक सञ्जाल मात्रै सूचिकृत
काठमाडौं । मुलुककै ठूलो दल नेपाली काँग्रेस– नेकपा एमाले नेतृत्वको सरकारले नियमन गर्न भन्दै पटक पटक सामाजिक सञ्जालहरुलाई सूचिकरण हुन पटकपटक पत्राचार गरेपनि उनीहरुले अटेर गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाअनुसार अहिलेसम्म चार वटामात्रै सामाजिक सञ्जाल सूचिकृत भएका छन् । नेपालमा ४० वटा भन्दा बढी सामाजिक सञ्जाल सञ्चालित छन् । सूचिकृत हुनेमा भाइबर, विइटक, टिकटक, निम्बज नेपालको कानूनअनुसार सूचिकृत भएको छ भने मेटा अन्तर्गत फेसबुक, इन्स्टाग्राम, थ्रेडस सूचिकरण भएको छै...

आज कतिमा हुँदैछ सुनको कारोबार ?

आज कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । यससँगै आइतबार १९ सय ७० कायम भएको चाँदीको मूल्य सोमबार प्रतितोला १९ सय ६० रुपै...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com