विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
टोरोन्टो । क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ ।
हो खासमा ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो बनाउन सक्छ। हो, सुन्दा अनौठो लाग्न सक्छ तर यथार्थ यही हो । यो कफीको एक कपको मूल्य करिब ८ हजार नेपाली रुपैयाँ पर्छ ।
ब्ल्याक आइभोरी कफीको आधिकारिक वेबसाइटका अनुसार यसल...