‘माइतीघर’बाट बाहिरियो ‘माग्ने बुढा’को लुक्स
काठमाडौँ । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन ।
मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृतिलाई सेरोफेरोमा राखेर निर्माण गरिएको छ। फिल्मको प्रदर्शन मिति आगामी दसैँको फूलपातिलाई तय भइसकेको छ ।
रोहित अधिकारी फिल्मसको ...