FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

मुख्य समाचार

पूर्वआइजीपी राणाको निधन

पूर्वआइजीपी राणाको निधन
काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी त्यसमा समायोजित भएका थिए । सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा...

टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतबीचको फाइनल खेल आज

टी–२० अन्तर्राष्ट्रिय सिरिज : नेपाल र कुवेतबीचको फाइनल खेल आज
काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपाल कुवेतसँग भिड्दैछ । आइतबार हङकङको मङ कोक क्रिकेट मैदानमा फाइनल खेल हुँदैछ । खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । हिजो शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि...

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष, कर्मचारी अवकाश हुने उमेर ६० वर्ष बनाउन सुझाव

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष, कर्मचारी अवकाश हुने उमेर ६० वर्ष बनाउन सुझाव
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सामाजिक सुरक्षा खर्च घटाउन सरकारलाई सुझाव दिएको छ । पूर्वअर्थ सचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगले अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बुझाएको ‘आर्थिक सुधारको मार्गचित्र’ शीर्षकको प्रतिवेदनमा खर्च घटाउन सुझाव दिएको हो । “चालु खर्चभित्र सामाजिक सुरक्षा खर्च तीव्रदर बढिरहेको सन्दर्भमा यसमा हुने खर्च थप बढ्न नदिने उपाय गर्नु जरुरी छ,” प्रतिवेदनमा भनिएको छ, “प्रदेश सरकार र स्थानीय तहहरूले समेत विभिन्न खालका सामाजिक...

दुर्गा प्रसाईं पक्राउबारे बल्ल बोल्यो प्रहरी, सीमावर्ती झापाबाट पक्राउ गरिएको जाजकारी

दुर्गा प्रसाईं पक्राउबारे बल्ल बोल्यो प्रहरी, सीमावर्ती झापाबाट पक्राउ गरिएको जाजकारी
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका अंगरक्षक दिपक खड्का पक्राउ परेको विषयमा नेपाल प्रहरीले बल्ल मुख खोलेको छ । प्रहरी प्रवक्ता दिपक आचार्यद्वारा जारी विज्ञप्तिमा झापाको सीमावर्ती इलाकाबाट प्रसाईं र खड्कालाई पक्राउ गरिएको जनाइएको छ । बिहीबार साँझ नै प्रसाईं भारतको आसाममा भारतीय प्रहरीको नियन्त्रणमा परिसकेका थिए । भारतीय प्रहरीले सीमावर्ती काँकरभिट्टामा नेपाल प्रहरीको जिम्मा लगाइँदासम्म नेपाली प्रहरीले ‘दुर्गा प्रसाईं पक्राउ परेको कुरा हल्ला मात्रै’ बताउँदै आए...

तिनकुने घटनाले उग्र रुप लिँदैः पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाउने प्रस्ताव

तिनकुने घटनाले उग्र रुप लिँदैः पूर्वराजा ज्ञानेन्द्रलाई संसद्‌मा बोलाउने प्रस्ताव
काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्‌मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए । ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, ‘उनलाई पनि ना...

जहाजबाट दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइदै

जहाजबाट दुर्गा प्रसाईँलाई काठमाडौं ल्याइदै
काठमाडौं । दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं ल्याइँदै छ । उनलाई काठमाडौं ल्याउनका लागि जहाजमा चडाइ सकिएको हो । प्रहरीको आधिकारीक जानकारी अनुसार झापाको भद्रपुरबाट पक्राउ परेका उनलाई चन्द्रगढी विमानस्थलबाट जहाजमा काठमाठडौं ल्याउन लागिएको हो ।

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
काठमाडौं । संघीय संसदको एक समितिले गृहमन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ । कानून, न्याय तथा मानव अधिकार समितिले आज गृहमन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो । समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

दाउन्ने सडकः बिस किलोमिटर जाम, यात्रुको बिचल्ली

दाउन्ने सडकः बिस किलोमिटर जाम, यात्रुको बिचल्ली
नवलपुर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा चिप्लो बाटोका कारण सवारी साधन चल्न नसक्दा यात्रुको बिचल्ली भएको छ । राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । ‘‘म दुम्किवास र दाउन्ने खण्डको बिचमा छु, राति १२ बजेदेखि एउटा गाडी पनि पास हुन सकेको छैन, डोजरले धकेलेर पास गराए जाने हो नत्र गाडी चिप्लिएर अघि बढ्नै सक्दैनन्,’’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो । दुई फिटसम्...

वैरो संघको निर्वाचन आज, ब्याबसायलाई सेवामुलक उद्योग बनाउने घोषणासहित गुरुङ र गेलाल समुह चुनावी प्रतिष्पर्धामा

वैरो संघको निर्वाचन आज, ब्याबसायलाई सेवामुलक उद्योग बनाउने घोषणासहित गुरुङ र गेलाल समुह चुनावी प्रतिष्पर्धामा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज हुने कार्यसमिति निर्वाचनका लागि भुवन गुरुङ र नरेश गेलाल समुहले आ आफ्ना समुहको अन्तिम सभा सम्पन्न गरेर निर्वाचनमा होमिएका छन । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन । तर पुराना र नया २०५ व्यवसायी मतदाता अझैसम्म पनि कता मतदान गर्ने भनेर अन्योल र अनिर्णित अवस्थामा रहेका छन । उक्त अनिर्णित अवस्थामा रहेका मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्ने देखिएको छ । यसपटकको निर्वाचनमा २००...

दुर्गा प्रसाईंलाई भद्रपुरबाट १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याइँदै

दुर्गा प्रसाईंलाई भद्रपुरबाट १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याइँदै
काठमाडौं । काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल भित्र्याइसकिएको छ । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट आज शुक्रबार नेपाल भित्र्याइएको हो । अब उनलाई भद्रपुर विमानस्थलबाट बिहान १०ः४५ बजेको फ्लाइटमा काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरी स्रोतले नेपालखबरलाई जानकारी दिएको छ । राजसंस्था पुनस्स्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाड...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com