सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन रोक
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
सिंहदरबार दक्षिण गेट, हनुमानथान, अनामनगर, वैद्यखाना, न्यूप्लाजा, सिंहदरबार पश्चिम गेट र स्वास्थ्य मन्त्रालयतर्फका सडक सुनसान छन् ।
त्यहाँ ब्यारिकेड राखेर बाटो बन्द गरिएको छ । त्यसैले ती सडकहरु सुनसान छन् । सुरक्षाकर्मीहरु बाक्लो संख्यामा तैनाथ छन् । सि...